देशभर ४ सय ७६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । आज देशभर ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कुल ९ हजार ४ सय २४ नमूनाको परिक्षण गर्दा ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ८ सय ३१ जना संक्रमित निको भएका छन् भने हालसम्म ९७ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

आज संक्रमित ३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय २८ पुगेको छ ।

हाल १० हजार ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

आज देशभरका एक लाख ७ हजार १८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।