विश्वभरी ९ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग

काठमाडौं। विश्वभरी प्रयोग भएका प्लाष्टिकमध्ये झण्डै ९ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग भएको पाइएको छ एक तथ्यांकले देखाएको छ।

आर्थिक तथा विकास सहकार्य संगठन (ओइसीडी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०१९ मा ४६० मिलियन टन प्लाष्टिक प्रयोग भएको थियो ।

यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि ओइसीडीका अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रयोग भएकामध्ये १९ प्रतिशत प्लाष्टिक जलाउने गरेको पाइएको छ भने ५० प्रतिशत प्लाष्टिक माटो र पानीमा मिसिने गरेको छ ।

विश्वभरी प्लाष्टिकको प्रयोग सन् २०२० मा भने अघिल्लो बर्षको तुलनामा २.२ प्रतिशतले घटेको छ ।