एमाले सांसद बानियाँ बलात्कार आरोपमा पक्राउ

नेपालगञ्ज: नेकपा एमालेका सांसद मोहन बानियाँ जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। सांसद बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानले जानकारी दिए।

जुम्लाका एक महिलाले बाँकेस्थित होटल अप्सरामा सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा जाहेकरी दिएकी थिइन्। डीएसपी न्यौपानेका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ। ‘नेपालगञ्ज विमानस्थलबाट माननीयज्युलाई पक्राउ गरेका हौं। हामीले थप अनुसन्धान गरिरहेका छौं,’ उनले अन्नपूर्णसँग भने।

पीडित महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएर जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख छ।