सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु जारी

वीरेन्द्रनगर: एमसीसी सम्झौताको विरोधमा आन्दोलन चर्किएपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रदर्शनकारीहरुले विभिन्न दलका पार्टी कार्यालयमा आगजनी गर्नुको साथै प्रहरी बिटहरु जलाउन थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो।

प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। एमसीसी सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ प्रदर्शन चर्किएको थियो।