प्रतितोला एकलाख नाघ्यो सुनको मूल्य

काठमाडौँ । आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक १ लाख १ हजार ९०० रुर्पैयाँले कारोबार भएको छ ।

अघिल्लो दिन सुनको मुल्य प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको थियो । आज एकैदिन सुनमा प्रतितोलामा २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ४०० रुपैयाँ तोकिएको छ । गत शुक्रबार सुन प्रतितोलामा ९९ हजार ४०० मा कारेबार भएको थियो ।

आज चाँदीको प्रतितोलामा ३५ रुपैयाँले बढेर रु १ हजार ४१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमाकाठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ ।

अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला रु ९९ हजार ४०० तोकिएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेर रु १ हजार ४१५ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सुनचाँदीको मूल्य बढेअनुसार नै नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतितोला १ हजार ९७० डलर आसपास कारोबार भइरहेको छ ।