कारबाहीको प्रक्रिया अघि बढाइयो

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएक छन् । एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दैप्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको उपाध्यक्ष डा श्रीकृष्ण गिरीले आज बसेको बैठकमा कारबाही प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

उहाँले कलेजको एमबिबिएस कोटा घटाउन, कोटा खारेज गर्ने कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।अतिरिक्त शुल्क नलिनु भनेर धेरै पहिलेदेखि कलेजलाई भन्दै आएका हुँदा पनि कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउनुको साथै विद्यार्थीलाई अनाश्यक तनाव दिएकोले कारबाही प्रक्रिया अगाडि बढाएको बताएका छन् । आगामी चैत ४ गते बस्ने बोर्ड बैठकले कारबाहीबारे निर्णय गर्ने बताएका छन् ।

डा भोजराज काफ्लेले कलेजले छात्रवासका नाममा अतिरिक्त शुल्क उठाउने गरेको पाइएकोले शुल्क नउठाउन निर्देशन दिएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले कलेजले विद्यार्थीको समस्या एक हप्ताभित्र समाधान नगरे कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन्।

कलेजमा अध्ययनरत १० विद्यार्थीले समितिमा कलेजले आफूहरुसँग अतिरिक्त शुल्क मागेको र नदिएपछि विगत तीन महिनादेखि पठनपाठन गर्न नदिएको भन्दै उजुरी दिएका थिए । आयोगले उपत्यका बाहिर एमबिबिएस अध्ययनका लागि ४४ लाख ३६ हजार रुपियाँ तोकिएको छ । समिति बैठकमा सांसदले आयोगले तोकेको भन्दा बढी शुल्क लिन खोज्ने नोबेल कलेजलाई कारबाही नगर्ने आयोग पदाधिकारीलाई कारबाही हुनुपर्ने बताएका छन् ।

समितिको सदस्य योगेश भट्टराईले तीन महिना वितिसक्दा पनि आयोगले विद्यार्थीहरुको समस्या समाधान गर्न नसकेको भन्दै आयोगका पदाधिकारी जिम्मेवार हुनुपर्ने दाबी गरेका छन् । सांसद जीवनराम श्रेष्ठले कलेजले बढी शुल्क लिँदा पनि आयोग पदाधिकारी चुप लागेर बस्नु गैरजिम्मेवारीपन भएको बताएका छन् । विद्यार्थीको समस्याबारे आयोग संवेदनशील भएन ।