भुमिआयोगको नाममा ठगि गर्ने दुईजना जेल चलान


काठमाडौं । जमिन मिलाई दिन्छु, भूमि आयोगको मान्छे र्हौ, हामी भनी सुकुम्बासीसँग रकम लिइ ठगी गरेको अभियोगमा दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। काठमाडौं बुढानिलकण्ठ नगरपालिका ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी र बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका ३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी लाई प्रहरीले माघ २४ गते पक्राउ गरेको हो ।

प्रहरीले काठमाण्डौ जिल्ला अदालतबाट म्याद अनुमति लिई महानगरीय प्रहरी बृत्त बालाजुबाट अनुसन्धान उनीहरुलाई अनुसन्धान गरेको थियो। जिल्ला सरकारी वकीलको कार्यालयमार्फत अनुसन्धान प्रतिवेदनसहित काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरिएको प्रहरीले जानकारी दिएका छन् । ऊनीहरुलाई काठमाडौ जिल्ला अदालतको आदेशअनुसार चौधरी र भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

काठमाडौं महानगरपालिका १६ बसन्तनगरस्थित भेटघाट क्याफेमा २ जना व्यक्तिहरुले सुकुम्बासीहरुलाई जग्गा वितरण गरी दिन्छौ भनी फाराम भर्नु लगाई पैसा असुल गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेका थिए। अनुसन्धानको क्रममा उनीहरुले आफूलाई भूमि आयोगले खटाएका व्यक्तिहरु भनी परिचय गराई काठमाडौंमा सुकुम्बासीले ४ आना जग्गा प्राप्‍त गर्न जनही ५० हजार रुपैयाँको दरले माग गरी फारम भर्न लगाई ठगी गरेको बताएका छन् ।

उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर एक थान, भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फाराम विभिन्न व्यक्तिको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइल, स्पिकर एक थान र मोबाइल तिन थान समेत प्रहरीले बरामद गरेको बताएका छन् ।