मिर्गौला तस्करी गोप्य रुपमा चहलपहल

काठमार्डौ । काभ्रेको बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई मिर्गौला चाहिएको भन्दै मिर्गौला मिलाइदिन आग्रह गरे । युवाले उक्त विषयलाई नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आसा पनि देखाए र ति युवाले ‘सोचौला’ भन्दै उनीबाट छुट्टिएको बताए

मोटरसाइकलमा आउने गरेका केही पुरुषले मिर्गौलाकै विषयमा पटक–पटक कुरा गर्ने गरेको पाँचखाल नगरपालिका–७ जोर पिपलस्थित लामीडाँडा–पलाञ्चोक सडकखण्ड छेउ निवासी एक महिलाले बताएकी छिन् । अहिले यस्तो कुरा नगर्नुस्, मिर्गौलाको कुरा गर्नेबारे यहाँका नेतालाई भनेर सबै मिलेर लखेट्ने गरेकोर्छौ, भनेपछि भाग्छन् । ती महिलाले भन्नि स्थानीय जनप्रतिनिधिद्वारा त्यस्ता शङ्कास्पद व्यक्ति बस्तीमा आए तत्कालै खबर गर्न भनिएको छ ।

पाँचखालको होक्से तथा मण्डनदेउपुरको ज्याम्दी आसपासका बस्तीमा गोप्यरूपमा अझै पनि मिर्गौला बेचबिखनका विषयमा कुराकानी गर्न जाने गरेको स्थानीयवासीले बताउँछन् । मिर्गौलाको विषयमा कुरा गर्न कोही आए हामीले तुरुन्तै खबर गर्न स्थानीयवासीलाई भनेका छौँ पाँचखाल–८ का वडाध्यक्ष पुष्कार ढकालले बताएका छन् । मृगौला को विषयमा यदि कसैको फोन आए नम्बर र व्यक्ति स्वयं आए भनी गाडी नम्बरसमेत उपलब्ध गराउन अनुरोध गरिएको बताए ।

मिर्गौला आवश्यक पर्ने परिवार तथा तस्करी गर्नेले काभ्रे नै सम्झने गरेको घटना विवरणले देखाएको पाइन्छ । जिल्लाको होक्से र ज्याम्दी दुई दशकदेखि ‘बैंक अफ किड्नी’को नामले देश–विदशेमा बदनामी कमाएको क्षेत्र भित्र पर्दछ। पछिल्लो वर्ष मिर्गौला बेच्नेहरू नै चेतनामूलक अभियानमा लागेपछि तस्करीमा केही आएको देखिन्थ्यो । तर, यही वर्ष मिर्गौला तस्करीका दुई घटना सार्वजनिक भएको छ ।

काभ्रेबाट केही वर्षदेखि मानिसको शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करीले काभे्र जिल्ला बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय पुरुषलाई झुक्याएर उनको एउटा मिर्गौला भक्तपुरका ५१ वर्षीय एक पुरुषलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए । स्थानीयवासीका अनुसार तर उक्त घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

मिर्गौला तस्करीमा संलग्नलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि रु पाँच लाखसम्म जरिवाना सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था पनि रहेको छ । नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण नियमित तथा निषेध ऐन–२०५५ को संशोधन २०७२ मा नाता पर्ने प्राय सबैले अङ्गदान गर्न सक्ने व्यवस्था गरिएको छ ।