जापानद्धारा नेपाललाई आर्थिक सहयोग

काठमाडौं । जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ दुई अर्ब ७ करोड अनुदान सहयोग गराउने निर्णय गरेको छ । अनुदान सहायोगमा समझदारीपत्र नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज हस्ताक्षर गरेका छन्

खानेपनि सुधार आयोजना कार्यान्वयनमा अनुदान गर्ने सम्झौतामा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सु , अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेको बताएको छ । उक्त आयोजनामा विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनःनिर्माण गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको बतमएका छन् ।

विराटनगरका बासिन्दाहरु दैनिकी घरायसी उपयोगका लागि पानी लिन इनारमा भर पर्नुपरेको छ भने खानेपानी अभावका कारण सर्वसाधारण प्रभावित भएका छन् । समझदारीपत्रमा हस्ताक्षर गरेपछि राजदूत किकुटाले नेपाली नागरिकको जीवनस्तर उकास्न जापान सरकारले बहुआयामिक सहयोग गर्दै कोभिड–१९ महामारीका बेला त्यसलाई नियन्त्रण गर्न समयमै खोप सहयोग उपलव्ध गराएको पनि बताए छन् ।

जापानले कोभिड–१९ पश्चातको नेपालको आर्थिक स्थिरता , विकासका लागि हालै आर्थिक सहयोग गरेको उल्लेख गर्दै राजदूत किकुटाले सहयोग मानव जीवनका लागि अत्यावश्यक स्वच्छ खानेपानीका निम्ति भएको उपलब्ध गराएको जानकारी दिएको छ । जापानको दूतावासले नेपाल र जापानका जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्ने तथा राष्ट्र निर्माण प्रयासमा नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

नेपालको सामाजिक–आर्थिक विकासमा जापान सरकारबाट निरन्तर प्राप्त सहयोग एवं समर्थनका निम्ति नेपाल सरकारका तर्फबाट सचिव मरासिनीले हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।