दुवै किड्नीले काम नगरेपछि छ्पटिनुको पिडा

काठमार्डौ । वर्षौको प्रतिक्षापछि सन्तान प्राप्तिको धोको पूरा हुँदा डडेलधुरा सकायल गाउँका नरेश राना मिर्गौलाको समस्याले ग्रसित भएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासिसको उपचार गराइरहेको ३३ वर्षीय रानाले भने , ‘‘बल्लतल्ल छोरा के पाएको थिएँ, उसले मुन्टा टाउकोमै ठूलै भार बोकाएर आएछ । हरेक परिवारमा सन्तान प्राप्तिले खुसी छाउछ तर जन्मिएको आफ्नो शिशु छोराले मुन्टाको भार लिएर जन्मिएको पीडा सुनाए ।

रानाले बताए पत्नीको चौथौ पटक बसेको गर्भवाट छोरो जन्मिएको २२ दिन पुग्दा आफू भने अस्पतालको शय्यामा दुवै किड्नीले काम नगरेपछि छ्पटिनु परेको छ, दैव पनि निर्धो र गरिबलाई च्याप्दो रहेछ ।पहिलो गर्भ ६ महिना, दोस्रो गर्भ ४ महिना र तेस्रो गर्भ ७ महिना पुग्दा नपुग्दै पेटमै खेर गएको उने बताएका छन् । जन्मिएको शिशु र आमाको स्वास्थ्य अवस्था भने सामान्य छ । अस्पतालले निःशुल्क रूपमा डायलासिस सेवा उपलब्ध गराउने गरे पनि उपचारका क्रममा उहाँलाई अहिलेसम्म लाखौं ऋण रकमको बोझसमेत थपिएको छ ।

उपचार सेवामा नरेशलाई उपचार निःशुल्क भइरहेपनि अन्य खर्चका लागि रु चार लाख ऋणको बोझ थपिएको बताएका छन् । रानाकी आमाले भन्नी छोरालाई सुरुमा मुखबाट रगत निस्केपछि स्वास्थ्य जाँच गराउँदा किड्नीमा समस्या देखिएको थाहा भयो । सेती अस्पतालमा हप्तामा दुई दिन डायलाइसिसको उपचार गर्ने गरिएको उहाँले बताएकी छिन् । लामो समयदेखि नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलमा सङ्गठित हुनुभएका राना आफूलाई समस्या पर्दा कसैले सोधिखोजी र सहयोग नगरेको गुनासो गरेका छन् ।

गाउँमा सुरक्षित रूपमा बस्ने वातावरण नहुँदा माओवादीतिर लागियो, अहिले आफ्नो यो हालत हुँदा मृत्युको मुखमा पर्न लागियो उनीले दुःखेसो सुनाए । बीस वर्षअघि देखि नै माओवादीमा आवद्ध भएका रानाले भारतको मद्रासमा बसेर त्यहाँ रहेका नेपालीलाई सङ्गठित पार्नु भएको थियो ।

संस्थाले बिरामीलाई निःशुल्क डायलासिसको उपचार सेवा दिइरहेको छ, तर उपचार गर्दा लाग्ने खर्च संस्थाले सरकारबाट पाउँछ सूचना अधिकारी श्रेष्ठले भनेका छन् । सम्झौता बमोजिम सेती प्रादेशिक अस्पतालले भौतिक संरचना र अस्पतालसँग भएको डायलासिस मेसिन उपलब्ध गराएको छ । मिर्गौला पीडित बिरामीको एक पटक डायलासिस गर्दा रु दुई हजार ५०० तोकिएको छ ।