बैंकहरुको कर्मचारीमा लगानी साढे २६ अर्ब

काठमाडौं । वाणिज्य बैंकहरुले आफ्ना कर्मचारी माथि साढे २६ अर्ब रुपैयाँको लगानी गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा बैंकहरुले कर्मचारीलाई तलब मार्फत् २६ अर्ब ५० करोड ७२ लाख रुपैयाँ प्रदान गरेको हो ।

सञ्चालनमा रहेको २७ वटा बैंकमध्ये १० वटाले कर्मचारी माथि १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । बाँकी १७ बैंकहरुको कर्मचारी माथिको लगानी ५० करोड रुपैयाँभन्दा माथि नै रहेको छ ।

कर्मचारी माथि सबैभन्दा धेरै लगानी गर्नेमा सरकारी स्वमित्वका दुई बैंक शीर्ष स्थानमा छन् ।

कृषि विकास बैंकले माघ मसान्तसम्म कर्मचारी माथि १ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको लगानी १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

तेस्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लाबल आईएमई बैंकले कर्मचारीमा १ अर्ब ५३ करोड ९५ लाख रुपैयाा लगानी गरेको छ ।

कर्मचारी माथि एक अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने बैंकहरुमा एनआईसी एसिया बैंक, नबिल बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, कुमारी बैंक र नेपाल बैंक रहेका छन् ।

कर्मचारी माथि सबैभन्दा कम लगानी गर्नेमा स्ट्यान्डर्ड चाटर्ड बैंक रहेको छ । स्ट्यान्डर्ड चाटर्ड बैंकले पहिलो ७

महिनामा कर्मचारीलाई ५१ करोड रुपैयाँ बराबरको तलब वितरण गरेको छ ।