लागुऔषध सहित ३ जना पक्राउ

काठमार्डौ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ स्थित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्वयम्भू नगरपालिका–१५ काठमाडौँका २३ वर्षीय हिमाल नेपाल , त्रिपुरासुन्दरी गाउँपालिका–९ सिन्धुपाल्चोकका ३८ वर्षीय संदिप खडका, र देउराली गाउँपालिका–५ रामेछापका ३४ वर्षीय कृष्ण बहादुर मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा निजहरूको साथबाट ब्राउन सुगर १६ ग्राम, नगद १ लाख ५ हजार बरामद गरेको प्रहरीले जानकारी गराएका हुन । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट काटथप अनुसन्धान भइरहेको बताएका छन् ।