विद्युत् सेवा अवरुद्ध हुँदा अन्धमारमा बस्न बाध्य

काठमार्डौ । हुम्ला जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन्

अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गर्नसकेको छैन । तीन वटा वडाका मानिसले सल्लाको दियालो र सोलार बालेर रात बिताउँदै आएको बताएका छन् । नहर मर्मतमा चासो नराख्दा विद्युत आयोनना सञ्चालनमा आउन नसकेको बताएका छन् ।

उक्त विद्युत्को नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने भएको हुँदा समयमा विद्युत अबरुद्ध भएकाले गत साउनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।