ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

काठमाडौं । दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ७ लाहुरेटोल चावहिल बस्ने दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ७ चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाईदिन्छु भनि पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिएका छन् ।