घरघरमा बिजुली पुगेपछि खुसी भए, तनहुँ बासी

काठमार्डौ । तनहुँ जिल्लामा विद्युतीकरण आयोजनाबाट बीस हजार एकसय घरधुरीका झण्डै एक लाख बढी मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाका दश पालिकामध्ये ऋषिङ्, घिरिङ्, आँबुखैरेनी, बन्दिपुर, व्यास, देवघाट र भीमाद नगरपालिकासहित सात पालिकाका मानिस लाभान्वित भएका हुन् ।

तनहुँको जलविद्युत् आयोजनाबाट प्रभावित भएका क्षेत्रका मानिस लामो समयदेखि अन्धकारमय जीवन बिताउँदै आएको थियो । अहिले घरघरमा बिजुली पुगेपछि खुसी व्यक्त गरेका छन् । विद्युत आयोजनाबाट प्रभावित क्षेत्रमा तनहुँ विद्युतीकरण आयोजनाले विद्युतीयकरणको जिम्मा पाएपछि बिजुली विस्तार गरिएको बताएको छ ।

करिब चार वर्षमा विद्युत् विस्तार गरेको तनहुँ विद्युतीकरण आयोजनाका इञ्जिनीयर कपिल पाण्डेले जानकारी दिइएका छनु । आयोजनासँग गरेको सम्झौता अवधि समापन हुँदै गर्दा आफ्नो जिम्मामा रहेको काम सम्पन्न गरेको पाण्डेले बताएका छन् । आयोजनाबाट प्रभावित क्षेत्रमा विद्युतीकरणको जिम्मा पाएको उक्त आयोजनाले सम्झौता अवधिभित्र काम सम्पन्न गरेको छ ।

बन्दिपुरको साराङ्गघाट र घिरिङमा दुई वटा सवस्टेशन निर्माण गरिएको छ । शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबाट घिरिङग र आँबुखैरेनी गाउँपालिकाको सत्रसयबाट साराङघाटको सवस्टेशनमा ३३ केभी लाइन जोड्नको लागि वातावरणीय अध्ययन गर्ने कार्य भइरहेको इञ्जिनीयर पाण्डेले जानकारी दिएको छ ।

अब एक महिनाभित्र बाँकी रहेका सबै कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् । तनहुँ विद्युत् प्राधिकरण तनहुँले यही आर्थिक वर्षको आसारमसान्तभित्र तनहुँलाई अन्धकारमुक्त बनाउने लक्ष्य लिएको प्राधिकरणका निमित्त प्रमुख एवं इञ्जिनीयर रामबाबु चौधरीले जानकारी गराएको छ ।