अख्तियारमा लिखित उजुरी परेपछि सम्बन्धित कागजात नियन्त्रणमा

काठमार्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिइएको छ ।

लिखित उजुरी परेपछि सम्बन्धित कागजात मात्रै नियन्त्रणमा लिइएको बताएको छ । छानबिनको प्रक्रिया अघि बढ्यो बताएको छ । स्रोतका अनुसार अख्तियारले पुल निर्माणका विस्तृत परियोजना प्रतिवेदन, इञ्जिनियरिङ परामर्शदाता छनोट, सोसम्बन्धी भुक्तानी लगायतका कागजात नियन्त्रणमा लिएको हो ।

त्यसैगरी आयोगले केही दिनअघि मात्रै भीमदत्त नगरपालिकाबाट महाकाली नदीमा रोयल्टी सङ्कलनको ठेक्का पाएको भवानी कन्स्ट्रक्सन कम्पनीको कागजात नियन्त्रणमा समेत लिएर छानबिन गरिरहेको जानकारी छ । नदीजन्य पदार्थमा रोयल्टी सङ्कलनको जिम्मा पाएको उक्त कम्पनीले प्रतिघन मिटर नदीजन्य पदार्थको ७५ उठाउनुपर्ने भए पनि १०५ सम्म सेवाग्राहीबाट लिएको अख्तियारीको भनाइ रहेको छ ।