नीति र विधिमा टेकेर मात्र अगाडि बर्ढौ : मन्त्री विष्ट

काठमार्डौ । राष्ट्रिय कर्मचारी महासङ्घ कर्णाली प्रदेश समितिको ‘प्रथम बैठकको उद्घाटन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुलुकको विकास र समृद्धिका लागि कर्मचारी र नेतृत्वबीच अकाट्य सम्बन्ध हुनुपर्ने बताएका छन् । उहाँले कर्मचारीको अवस्थामा नेतृत्वको चासो रहनुपर्ने दाबी गरेका छन् ।

हामी आ–आफ्नो भूमिकाको समीक्षा गर्रौ । नीति र विधिमा टेकेर मात्र अगाडि बर्ढौ, भन्दै विन्दमान विष्टले अब पार्टी सङ्गठन निर्माण व्यवस्थित हुने कार्य सुरु हुन्छ भनेका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति अध्यक्ष एवं पूर्वकृषिमन्त्री विमला केसीले राष्ट्रिय राजनीति नै माओवादीको एजेण्डामा रहेको जिकिर गरेका छन् । माओवादीको नीति, विचार र एजेण्डामा सिङ्गो मुलुक हिँडेको छ । नेतृत्व माओवादीको नहुँदा मुलुक आज समस्यामा परेको छ । कर्मचारी प्रशासनसम्बन्धी कस्तो नीति हुने भन्ने विषयमा आवश्यक छलफल हुन जरुरी रहेको बताउँछन् ।

केन्द्रका सचिव धनजित शाहीले कर्मचारी र पार्टी संगठनबीचको सम्बन्ध जीवित रहने गरी काम गर्नुपर्नेमा जोड दिइएको छ । बैठकमा महासङ्घका कर्णाली प्रदेश इञ्चार्ज कटकबहादुर महतले प्रतिवेदन समेत प्रस्तुत गरेका छन् । महासङ्घका सहसंयोजकद्वय मोहनमान स्वाँर र मणिरत्न श्रेष्ठलगायतले मन्तव्य राख्नुका साथै महासङ्घका विभिन्न जिल्लाका अध्यक्ष तथा सदस्यले आ–आफ्ना समस्या, जिज्ञासा र प्रश्न राखेका छन् ।

सङ्गठनको नाममा बाठाकै रजाइ भएको टिप्पणी गर्दै अरुले जे गर्छन् त्यही गर्ने शैलीले माओवादी फरक हुन नसक्ने अध्यक्ष केसीले बताएका छन् । सरकारलाई सफल बनाउन र राज्यले अख्तियार गरेका नीति कार्यान्वयनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।