महिलाहरुलाई स्वरोजगार बनाउँदै

काठमार्डौ । जुम्ला जिल्लाका तिला गाउँपालिकाका महिलाहरू सीप र आर्थिक अभावका कारण बेरोजगार भइरहेका बेला पछिल्लो समय भने उत्साहित देखिएका छन् । इच्छा र शक्ति भए पनि आर्थिक अभावका कारण परिवार चलाउन धौ, धौ भएका महिलाहरुलाई गाउँपालिकाले स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम दिएपछि उनीहरु उत्साहित देखिएका हुन् ।

तिला गाउँपालिका २ का मेचीनगर १३ तारा परियारले अब यो सीपलाई दीर्घकालीन बनाउने सोच बनाएको बताएका छन् । अहिले गाउँमै सिलाइकटाइको काम गर्दै आएको छु । तारा परियारले बताएका छन् । गाउँपालिकाबाट प्राप्त सिलाइकटाइ तालिमले अहिले स्वरोजगार बनाएको छ । अब व्यावसायिक रुपमा आगाडि बढाउने योजनामा लागेको छु भन्दै खुसी व्यक्त गरेका छन् ।

सिलाइकटाइले आफूलाई गाउँमै आर्थिकरुपमा आत्मनिर्भर बनाएको भन्दै तालिम लिएपछि अहिले दौरा, सुरुवाल, कुर्ता सुरुवाल, ब्लाउज र बालबालिकाका कपडा सिलाउने गरेको उहाँले बताएका छन् । सिलाइकटाइ सम्बन्धी थप पुर्नताजगी तालिम लिने गरेको हुँदा गाउँमै नयाँनयाँ डिजाइनका कपडा सिलाएर पनि राम्रो आम्दानी गर्न सफल भएको बताएको छ ।

सीपले जीविकोपार्जनमा सहच गर्ने भएकाले गाउँपालिकाले प्रत्यक्षरुपमा राहत पुग्ने कार्यक्रमलाई जोड दिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताएका हुन । यहाँका महिलादेखि युवालाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिमको खाँचो रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताएका हुन् ।

राम्रो आम्दानी हुने भएपछि सिलाइकर्टालाई व्यावसायिक रुपमा अगाडि बढाउने लक्ष्य लिएका छौं, ताराले भनेका छन् । गाउँमा अहिले सिलाइकटाइको राम्रो व्यपार छ, राम्रो डिजाइनमा लुगा सिलाउन सके सिलाइकटाइबाट स्वरोजगार बन्न सकिन्छ । आकर्षक डिजाइनको कपडा सिलाउनका लागि सिलाइकटाइ तालिम लिएको तिला १ राराका सपुरा परियारले भनेका छन् । गाउँमै सेवा दिएर आम्दानी गर्न सिलाइकटाइ तालिम लिएको उनीहरु बताउँछन् ।