सुख्खा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

काठमार्डौ । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका १ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ ।

सडक माथिबाट आएको पहिरोका कारण १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी गराएको छ ।

सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका सवारी साधनहरुबीच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिइएको छ ।