घट्यो सुनको मूल्य

काठमार्डौ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार दुई सय रुपियाँले तोकिएको छ । हिजो प्रतितोला १ लाख ३ सयमा कारोबार भएको सुन आज प्रतितोला ११ सयले घटेको छ । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर १ हजार ३७० मा आएको महासङ्घले जानकारी दिइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपियाँ तोकिएको छ । सुनको मूल्य मङ्गलबार प्रतितोला ९९ हजार ८ सय रुपियाँ थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२१ डलर आसपास कारोबार भइरहेको बताइएको छ ।