बारामा लागुऔषधसहित एक पक्राउ

काठमाडौं । बाराबाट प्रहरीले २ हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका २ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका छन् ।

सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना ७ ख २६८१ नंको सुपर राजेश डिलक्स यात्रुबाहक बस रोकी जाँच गर्दा उक्त बसको पछाडि डिकीमा लुकाइ ल्याएको डाइजेपाम ९९७ थान, फेनारगन १ हजार थान र नुर्फिन ९८६ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका मण्डललाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले बाराले जानकारी दिइएको छ ।