शेयर बजार नेप्से दोहोरो अङ्कले गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१,४३ अङ्कले घटेर २ हजार ५७२,२३ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार अघिल्लो दिनको कारोबारको तुलनामा आज बजार १५९ प्रतिशतले घटेको छ ।

आज २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको नेप्सेले बताएको छ, भने ठूला कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९५ प्रतिशतले घटेरे परिसूचक ९५५ अङ्कले ओरालो लागेर ४७९,३९ पुगेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहका शेयर मूल्य घटेका छन् भने, निर्जीवन बीमा उपसमूह मात्रै बढेको नेप्सेले बताएका छ । निर्जीवन बीमा उपसमूह १३३,३५ अङ्कले बढ्दा, बैंकिङ २१०२, व्यापार ५५८२ होटल तथा पर्यटन ६६४२, विकास बैंक १४५६८, जलविद्युत् ७६०६, वित्त ६२,२५, उत्पादन १४५,७९, अन्य ९३,६५, लघुवित्त ३९,७१, जीवन बीमा ९८,६१, सामूहिक लगानी कोष ०१३ र लगानी १३७ अङ्कले ओरालो लागेको छ ।