सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण अभियान सुरु

काठमाडौँ । नेपाली समाजमा हुने विभिन्न समाजिक घटना जातियभेदभाब बलातकार जस्ता घरेलु हिंसा दिनप्रतिदिन भईरहेको बेला दलित महिला सङ्घ एड्वानले ‘सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण’ अभियान सुरु गरेको छ । एड्वानले सोमबारदेखि रत्ननगर नगरपालिकाका ९ देखि १६ सम्मका वडामा सो अभियान सुरु गरेको हो ।

एड्वानले महिला र दलित समुदायभित्र पनि सबैभन्दा बढी दलित महिलाले नै हिंसा भोग्नुपरेको अवस्था उल्लेख गर्दै सबै प्रकारका हिंसाको अन्त्य गर्ने उद्देश्यले अभियानको सुरुआत गरेको बताए । रत्ननगर नगरपालिकाका उपप्रमुख विमलादेवी दुवाडीले अभियानको सुरु गर्दै संवैधानिक र कानुनीरूपमा प्राप्त अधिकारलाई व्यवहारिकरूपमै कार्यान्वयनको निम्ति समुदायबीच एकता हुनुपर्ने आवश्यकता रहेको बताए ।

२०५५ मा स्थापना भएको एड्वानले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै चितवन, बाग्लुङ , तनहुँल अर्घाखाँची, गोरखालगायतका,जिल्लामा विपन्न समुदायका २०० विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ । विशेषगरी ग्रामीणस्तरका महिला र किशोर,किशोरीको अधिकार, शिक्षा, वकालत तथा जीविकोपार्जनलगायत क्षेत्रमा काम गर्दै आएको एड्वानले बताएको छ ।

नेपाली राज्यको मूलधारबाट पछाडि परेका आर्थिकरूपमा विपन्न, दलित महिलालगायत अति सीमान्तकृत समुदायलाई शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरूपमा सशक्त बनाउने उद्देश्य रहेको एड्वानका अध्यक्ष पम्फा परियार र महासचिव विन्दु परियारले बताए । संस्थापक डा विष्णुमाया परियारले आर्थिकरूपमा कमजोर समाजमा अत्यधिक मदिरा सेवन हुने र त्यही घरमा सबैभन्दा बढी महिला हिंसा भएको बताउँदै सोही समुदायलाई लक्ष्य गरेर अभियान सुरु गरिएको जानकारी दिइएका छन् ।