कोरोनामुक्त क्षेत्र बन्यो काभ्रेपलाञ्चोक

काठमाडौ । काभ्रे जिल्लामा ४ दिनदेखि दैनिक २ दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो क्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोकमा कोरोनामुक्त भएको जानकारी गराएको छ । पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

कोरोना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमणको लक्षण नदेखिएको जिल्लास्थित कोभिड १९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र डिसीएमसीका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिइएका छन् । उहाँका अनुसार यसअघि कोरोना सङ्क्रमणको दोस्रो लहरपश्चात अर्थात् मङ्सिरमा पहिलोपटक जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको बताएका छन् ।

काभ्रेको सदरमुकाम धुलिखेलस्थित प्रदेश प्रयोगशालामा कोरोना लक्षण देखिएका व्यक्तिको परीक्षण भइरहने सेढाईँले बताएकोे छ । काभ्रेपलाञ्चोकमा १३ वटा स्थानीय तह छन् । चार दिनअघि मात्रै बनेपा नगरपालिकामा रहेका एक कोरोना सङ्क्रमित पुरुष निको भएपछि जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको बताएको छ । केन्द्रका अनुसार जिल्लामा हालसम्म दुई वर्षको अवधिमा १७ हजार ५५६ मा सङ्क्रमण देखिएकामा १९५ जनाको मृत्यु भएको जानकारी छ ।

मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु ५० हजार र भेन्टिलेटरमा उपचार गरेकालाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । कोरोना सङ्क्रमणबाट उक्त नगरका १८ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए ।

मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । कोरोनाबाट ग्रसित भई भेन्टिलेटरमा उपचार गराएकालाई समेत सहयोग गरेको मण्डनदेउपुर नगरले जानकारी दिइएको छ । कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु ५० हजार र भेन्टिलेटरमा उपचार गरेकालाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको मण्डनदेउपुर नगरले बताउ । कोरोना सङ्क्रमणबाट उक्त नगरका १८ जनाको मृत्यु भएको थियो भने २ दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए ।

पनौती नगरले पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको बताएको छ । कोभिड १९ को सङ्क्रमणबाट १९ जनाको मृत्यु भएको नगर स्वास्थ्य शाखाले प्रष्टपारेको छ । ४ दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिहरुमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोकमा कोरोनामुक्त भएको जानकारी गराएको छ ।