नुवाकोटबासी १० वर्षासम्मा अलपत्र जनजीवन कष्टकर , प्रधानमन्त्रीसँग माग

काठमाडौँ । नुवाकोट जिल्लाको समस्या समाधान गर्न नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्व नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

प्रतिनिधिमण्डलका तर्फबाट डा महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभए पछि अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय प्रधानमन्त्री देउवासँग राखेको बताएका छन् । उहाँको सरकारी निवास बालुवाटारमा भेटेर प्रस्तुत गरेको सो ज्ञापन पत्रमा नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।

१० वर्षासम्मा पनि बाटो निर्माण नहुँदा तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको डा महतले बताए । ज्ञापनपत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साइटको व्यवस्थापन गर्दा स्थानीयवासीहरुले सरोकारलाई विषेश ध्यान दिन पनि अनुरोध गरिएको छ । यस्तै ज्ञापनपत्रमा नुवाकोटका विभन्न दुर्गम गाउँपालिकाहरुमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ

प्रधानमन्त्री देउवासँगको भेटमा प्रवक्ता डा महतका अतिरिक्त नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा, जिल्ला भूमि आयोग नुवाकोटका अध्यक्ष अर्जुन न्यौपाने, नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत, सरोकार समितिका अध्यक्ष आदित्य श्रेष्ठलगायत नगरसमितिका अध्यक्षहरुले पनि समस्याका विषयहरु उठाइएको छ ।