पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्ने : मन्त्री खतिवडा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उहाँले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्रका आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताएका छन् ।

आर्थिक वर्ष २०७८,७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने पनि व्यवस्था मिलाउने मन्त्री खतिवडाको भनाइ रहेको छ । उहाँको अनुसार यो आर्थिक वर्ष समाप्त हुँदा पनि कार्यान्वयन हुन नसकेकापछि चिन्तित भएको भन्दै , यो विषयगत रुपमा सञ्चार मन्त्रालयअन्तर्गतको कार्यक्रम भए पनि कार्यान्वयनको सवाल भने मन्त्रालयसँग जोडिएको विषय हो, भन्दै आप्नो कार्यकालमा नै् यो विषय कार्यान्वयको सुरुआत होस् भन्ने चाहाँना भएको बताए ।

मन्त्री खतिवडाले मातहतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको भन्दै नीति र निर्णयगत सहजीकरण तत्कालै गरी सबै अस्पतालमा सो निर्देशन पठाइदिने र पत्रकारको सरकारी अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याइने उद्देश्य रहेको बताएका छन् ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिरहेको हुँदा सबै नेपालीहरुलाई बीमाको दायरामा आउन अपिल समेत गरेका छन् । पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै, मन्त्री खतिवडाले कोरोना महामारीको समयमा पनि जनतालाई सही र जिम्मेवार सूचना प्रभाव गर्ने सञ्चारकर्मीहरुको प्रसंशा गरेको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रतासँगै पत्रकारको पेशागत सुरक्षा र भौतिक सुरक्षा सुनिश्चित् गनुपर्ने माग गरेको छ ।