सेनाको निगरानीमा, मतपत्र छापिने निरीक्षण हुँदै

काठमाडौं । नेपाली सेनाको निगरानीमा जनक शिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न तयारी अवस्थामा रहेको जानकारी दिइएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले निर्वाचन आयोगको निर्देशन अनुसार मतपत्र छपाई मेसिन तयारी अवस्थामा राखिएको बताएका छन् ।

गत शुक्रबारको निर्णय अनुसार आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन दिएको थियो । आयोगको निर्देशन पाएपछि पुन केन्द्र तयारी अवस्थामा रहेको सुचना अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय निर्वाचनको लागी सूचना अधिकारी आचार्यले नेपाली सेनाको निगरानीमा मतपत्र छापिने बताएको छ । मतपत्र छपाईमा सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ कार्य हुने बताएका छन् ।

सुचना आयोगले पनि मतपत्र छापिने स्थलमा नेपाली सेनाको सुरक्षा तैनाथ हुने जानकारी दिइएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको अनुभवलाई हेरेर आवश्यकता अनुसार सेनाले मतपत्रस्थलमा सुरक्षा रणनीति तय गर्ने निर्णय रहेको बताए । शर्मा पौडेलले भने विगतका अनुभवलाई हेरेर अहिले नेपाली सेनाले मतपत्र छापिने क्षेत्रको सुरक्षा रणनीति तयार गर्ने विश्वास रहेको बताएका छन् ।

स्थानीय निर्वाचनमा कति सेना परिचालन गर्नेबारे आयोग र सेनाबीच सहमति भएको र सोही अनुसार सेना परिचालन हुने सूचना अधिकारी आचार्यले जानकारी गराएका छन् । विगतका निर्वाचनमा भने १५० जना सैनिकको निगरानीमा मतपत्र छपाइ हुने गरेको बताए ।

आचार्यका अनुसार आजै मतपत्र छपाइ केन्द्रको निरीक्षण गर्न आयोग र सेनाका पदाधिकारीहरु आउने बताउदै नेपाली सेनाको टोलीले मतपत्र छपाइ स्थलको सुरक्षामा प्रबन्ध मिलाउने आचार्यको भनाई रहेको छ । सेनाको सुरक्षा घेरासहित सुरक्षाकर्मीले निगरानी गर्न थालेपछि मतपत्र छपाइ कार्य सुरु गर्ने बताए ।

अगामी वैशाख ३० गतेबाट हुने स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने योजना रहेको बताएका छन् । स्वीकृत अन्तिम मतदाता नामावली बमोजिम १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जानकारी दिइएको छ । दुर्गम क्षेत्रमा भने समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ कार्य सम्पन्न गर्ने लक्ष्य सुचना अधिकारीले जानकारी दिइएको छ ।