इन्धन डिपोमा युक्रेनको हवाई हमला

काठमाडौँ । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ । इन्धन भण्डारमा आक्रमण भएको स्थानीय गभर्नरले शुक्रबार जानकारी गराएका छन् । युक्रेनी सेनाका दुई हेलिकप्टरले रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन् ।

इन्धनमा भ्रण्डाण केन्द्रमा आगलागीका कारण दुई कर्मचारी घाइते भएका उनले पोस्टमा उल्लेख गरेका छन्। रुसको आपतकालीन मन्त्रालयका अनुसार करिब १७० जनाले आगो निभाउने प्रयासगरेको जानकारी गराएको छ । युक्रेनको हवाई हमालाको विषयमा रोजनेफ्टले रुसी समाचार एजेन्सीहरूलाई उक्त परिसरबाट कर्मचारीहरूलाई बाहिर निकालेको बताए।

बेल्गोरोड युक्रेनसँगको रुसको सिमानाबाट करिब ४० किलोमिटर ९२५ माइल र युक्रेनी सहर खार्किभबाट ८० किलोमिटरको दुरीमा अवस्थित रहेको छ । बुधबार बेल्गोरोडको हतियार भण्डारबाट विस्फोटको आवाज सुनिए पनि त्यहाँका अधिकारीहरूले विस्फोटको बारे कुनै पनि स्पष्टीकरणनै नदिइको वानकारी छ ।