स्थानीय तहको निर्वाचनमा वैध अवैध हातहतियार बुझाउन प्रशासनको निर्देशन

काठमाडौँ । आगमी वैशाख ३० गते हुने स्थानीय तहको चुनाबमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै बाँकेको प्रशासन कार्यलयले चैत मसान्त भित्र हातहतियार बुझाउन जिल्लावासीहरुलाई जानकारी गराइएको छ । स्थानीय तहको निर्वाचनमा भयरहित रुपमा सम्पन्न गर्ने उद्देश्यले वैध तथा अवैध हातहतियार बुझाउन निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिइएका छन् ।

नजिकीदै गरेको स्थानीय तहको निर्वाचनमा गृह मन्त्रालयको निर्देशन बमोजिम जिल्लाबासीलाई हातहतियार बुझाउन सूचना जारी गरिसकेको बताएका छन् । प्रजिअ खत्रीले जिल्लामा इजाजत प्राप्त र बिना इजाजतका हातहतियार नजिकैको प्रहरी ईकाइहरुमा चैत मसान्तभित्र स्वतःस्फूर्त रूपमा बुझाउन निर्देशन दिएको बताएका छन् ।

खत्रीका अनुसार इजाजत पाएर वा बिना इजाजतका अवैध रूपमा राखिएका हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन दिइएको निर्देशन विपरित निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानून बमोजिम कारबाही समेत गरिने बताए ।

प्रजिअ खत्रीले भने सूचना जारी गरि आफूलाई पाएक पर्ने प्रहरी कार्यलय वा मातहतका कुनै पनि इकाइमा बुझाउन आग्रह गरेका छौं । ‘निर्वाचनका समयमा वैध तथा अवैध हतियारको दुरुपयोग हुनसक्छ, हिसाबले हतियार बुझाउने सूचना प्रवाह गरेको भन्दै समय अवधिभित्र नबुझाएको भेटिए कारबाही समेत गरिने बताइएका छन् ।

बुझाईएका इजाजत प्राप्त हातहतियार स्थानीय तहको निर्वाचनपछि इजाजत प्राप्त व्यक्तिलाई फिर्ता गरिने पनि जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । तोकिएको समयमा हातहतियार नबुझाएमा खानतलासी गरेर कारबाही गरिने बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको भनाई रहेको छ । उनले स्थानीय निर्वाचनमा विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन वैध र अवैध सबै प्रकारका हतियार बुझाउन जिल्लाबासीलाई सूचना जारी गरिएको बताए ।