निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति हुर्ने : मन्त्री प्रेमआले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच एकआपसमा सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी गराएका छन् ।

विराटनगरको विमानस्थलमा मन्त्री आलेले सञ्चारकर्मीसँग कुरा गर्दै स्थानीय चुनाबको विषयमा जिल्ला तहमा, जिल्ला कार्यदलको निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु बीच आपसी सहमतिबाट निर्णय हुने बताएका छन् । विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका चाहिने जग्गा अतिक्रमणका लागि मात्र १६ अर्ब विनियोजन भएको जानकारी दिएका छन् ।

विमानस्थलमा दैनिक २२ उडान हुने यात्रु शौचलय, टर्मिनल भवन र लगेज बेल्टको लागि बजेट विनियोजन गरेको मन्त्री आलेको भनाई रहेको छ । विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको पर्यटन मन्त्री आलेले जानकारी गराएका छन् ।