फेरी बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा सुनको मूल्य फेरी बढ्को छ । आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेर ९९ हजार ७०० मा कारोबार भईरहेको छ ।

पहेँलो धातु हिजोको तुलनाम तोला ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २०० कारोबार भएको महासङ्घले जानकारी दिइएको छ । सुनको मूल्य बिहीबार प्रतितोला ९८ हजार ४०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने हिजोको कारोबार मूल्यका तुलनामा तोलामा १० ले बढेर १ हजार ३६० पुगेको महासङ्घले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३६ डलरको आसपास कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी गराएको छ ।