संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने : नेता सिंह

काठमाडौँ । आगामी वैशाख ३० गतेबाट हुने स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताइएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै सिंहले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने बताइएका छन् ।

गठबन्धन जनताले दिएको म्याण्डेड नभई परिस्थितीले सृजना गरेको लडाई हो, यसलाई जोगाउँदै स्थानीय तहको निर्वाचनसम्म जानु अहिलेको आवश्यकता हो, स्थानीय आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन हुने नेता सिंहको गम्भिर तर्क रहेको छ ।

पूर्वमहामन्त्री सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा समेत व्यक्त गरेका छन् । पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरुद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुदा सचेत रहन सबैलाई आग्रह गरेको छ । देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको दाबी गर्दै एमसीसीबारे आम जनताप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको संगठन बलियो बनाउनका लागि सबैले जोड दिर्नुपर्ने बताएका छन् । कांग्रेसको पक्षमा ठूलै लहर आएको भन्दै स्थानीय चुनाबमा सबैले मेहनत गर्नुपर्ने उल्लेख गरेका छन् । अगामी हुने स्थानीय चुनाबमा कुनै पनि भ्रमको पक्षमा नलागी जनताको घरघरमा पुगेर कांग्रेसको पक्षमा भोट माग्न कांग्रेस सभापति कृष्ण सबुज बानियाले सबैलाई आग्रह गरेका छन् ।