सवारी दुर्घटनामा १ को मृत्यु

काठमाडौँ । पूर्व, पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्क नगरपालिका, ५ रञ्जीतपुरमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका ५ का २६ वर्षीय शिवराज यादव रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नं को बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नं को टिपरले पछाडिबाट ठक्कर दिदा बोलेरोका चालक शिवराज यादवको मृत्यु भएको प्रहरीले बताएका छन् ।

बोदेबर्साइन नगरपािलका,१० का ३० वर्षीय शैलेश यादव, ३० वर्षीय महेश चौधरी, वडा नं ५ का २६ वर्षीय बृजेशकुमार यादव, ३० वर्षीय जयशङ्कर साह र सिरहाको लहान नगरपालिका,८ का ३५ वर्षीय अरुणकुमार सिहं घाइते भने घाईते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।