एक युवतीको मृत्यु

काठमाडौँ । तनहुँको भानु नगरपालिका,९ डुम्रीखर्कमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जानकारी गराएको छ ।

ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर घाइते भउकी डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिइएका छन् ।

दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिईन । भने ट्याक्टर चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।