वन्यजन्तुको अखेटोपहार सहित ३ पक्राउ

काठमाडौं । भक्तपुर मध्यपुर थिमी नगरपालिका १ मनोहरा नयाँबस्तिबाट ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका १ मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्र बहादुर बेगा, काठमाडौं कोटेश्वर बस्ने जुम्ला सिंजा गाउँपालिका६ काडागाउँ घर भएका १८ वर्षीय किशोर र काठमाडौं जोरपाटी बस्ने पाँचथर याङवरक गाउँपालिका २ तिनतिम्बो घर भएका ४६ वर्षीय लोकेन्द्र बेगा रहेका छन् ।

उनीहरुले मनोहरा नयाँबस्तिबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वास्नादार बस्तु ५ थान र भालुको पित्त जस्तो देखिने बस्तु ५ थान सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको जानकारी दिएका छन् । अहिले उनीमाथी थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय भक्तपुर पठाइएको प्रहरीले जानकारी गराएको छ ।