वडा अध्यक्ष तण्डुकारलाई पत्नी शोक, आफैले दिए दागबत्ती


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारलाई पत्नी शोक परेको छ । तण्डुकारकी पत्नी विमला तण्डुकारको ६१ वर्षको उमेरमा आज विहान २ बजे निवासमा नै निधन भएको हो । आईतबार विहान तण्डुकारको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

पत्नी विमलाको पार्थिक शरीरमा हिरालाल तण्डुकारले दागबत्ति दिएका थिए । लामो समयदेखि पाठेघरको क्यान्सरबाट पीडित तण्डुकारको करीव ११ वर्षदेखि किमो गरिँदै आईरहेको थियो । तण्डुकारलाई नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान ंिसंहले कांग्रेसको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।


श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका वडाअध्यक्ष तथा जनप्रतिनिधिहरु, वडा नं. ११ का बुद्धिजिवी, महिला अधिकारकर्मी एवं कार्यकर्ताहरु पुगेका थिए ।

मंगलादेवी ंिसहसँग राजनीतिक यात्रामासँगै हिड्नु भएकी विमला तण्डुकारले वडा नं. ११ का महिलाहरुको सशक्तिकरण एवं आयआर्जनका लागि सीपमूलक तालिम प्रदान गर्ने, क्षमता अभिबृद्धिका लागि नेतृत्व सम्हाल्दै आएकी थिइन् । नेपाल महिला संघ आवद्धमा तण्डुकार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी थिईन् ।