डेढ करोडको कारोबार भक्तपुर औद्योगिक मेलामा

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । नयाँ वर्ष २०७९ का अवसरमा लागेको औद्योगिक मेलामा पाँचौँ दिनमा १ करोड ५० लाखको कारोबार भएको छ ।

मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी गराएका छन् । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको देखिएको छ ।

मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार प्रदर्शनीलगायत रहेको मेला संयोजक दीपक थापाले जानकारी दिइएका छन् । मेलामा विद्यार्थीलाई ४० र अन्यलाई ५० प्रवेश शुल्क निर्धारण गरिएको छ ।

यही चैत २४ देखि सुरु भएको उक्त मेला वैशाख ४ गतेसम्म लाग्ने छ । मेलामा २०० भन्दा बढी कक्ष राखिएको र मेलामा ८ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको बताए ।