नेपाली खानाको स्वादलाई विश्वव्यापी बनाउन आग्रह : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरुको महत्वपूर्ण भूमिका रहने बताइएका छन् ।

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी नाथुमले आज आयोजना गरेको ‘बीबीसी माष्टर सेफ रिम्याच’ प्रतियोगिता २०२१ का अन्तिम चार प्रतिस्पर्धीको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री आलेले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि नाथुमका सेफहरुले बनाएका नेपाली खानाको स्वादलाई विश्वव्यापीकरण गर्न जरुरी भएको बताएका छन् ।

कोभिडका कारण हाम्रो उद्योग पर्यटन क्षेत्र निकै धरासायी बनेको कारण, अब ती क्षेत्रलाई माथि उकास्नका लागि हाम्रा कला संस्कृतिहरुको प्रचारप्रसार तथा हाम्रा नाथुमका सेफहरुले बनाउने खानाका स्वादलाई विश्वव्यापीरूपमा फैलाउनु पर्ने मन्त्री आलेले बताएका छन् । बेलायत ब्रोडकास्टिङका मास्टर सेफको अन्तिम चार प्रतिस्प्रर्धीलाई आज नाथुमको कार्यालयमा स्वागत गर्न पाउँदा निकै खुसी भएकोसमेत बताए । यसैगरी मास्टर सेफका प्रतिस्पर्धीहरु नाथुमका कार्यालयमा आउनु भनेको यहाँ अध्यन गर्ने नयाँ तथा युवा पुस्तालाई भविष्य निर्धाणरमा उत्प्रेरित गर्ने आफूले विश्वास लिएकोसमेत मन्त्री आलेले बताएका छन् ।

उनले भने नेपाली खानामा क्षेत्रीयस्तरको स्वादको सबैभन्दा महत्वपूर्ण भूमिका रहको हुदा आफूले सिकेको कुरा यहाँ अध्यान गर्ने विद्यार्थीलाई सिकाउनु भन्दै आफू छोटो कार्याकालको सुरुदेखि नै पर्यटन प्रवद्र्धनका लागि प्रयासरत रहेको र पर्यटन प्रवद्र्धनका लागि विभिन्न विज्ञहरुलाईसमेत अहिले नेपाली पर्यटन क्षेत्रमा नियुक्त गरेको जानकारीसमेत गराएका छन् ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि निर्मल पूर्जा निम्सलाई पर्यटन दूतका रूपमा नियुक्त गर्नुका साथै भारतका प्रख्यात बलिउड कलाकार सलमान खानसँग भर्चुल मिटिङ गरी नेपालको पर्यटन क्षेत्रमा कोरोनाको कुनै असर नरहेको सन्देश दिएको बताए । नेपालमा पर्यटक भित्र्याउन तथा यहाँको पर्यटन प्रवद्र्धनका लागि सलमान खान जस्ता कलाकार नेपाल ल्याउन लागेकोसमेत मन्त्री आलेले सो कार्यक्रममा जानकारी गराएका छन् ।