भारतमा रेलले किचेर ६ जनाको मृत्यु

काठमाडौँ । भारतको नयाँ दिल्ली आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा सोमबार राति कोणार्क एक्सप्रेस रेलको ठक्करबाट ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरु गुवाहाटी जाँदै गरेको सुपरफास्ट एक्सप्रेसका यात्रु रहेको प्रहरीले जानकारी गराएको छ । प्राविधिक गडबडीका कारण उनीहरुको रेल बटुवा गाउँ नजिकै रोकिएको थियो र उनीहरु सबै तल ट्र्याकमा खसेको बताएका छन् ।

अर्कोतर्फबाट आइरहेको कोणार्क एक्सप्रेसले ६ जनालाई कुल्चेर मृत्यु भएको जानकारी गराएको छ । सरकारी रेलवे पुलिस जीआरपी दुर्घटनास्थलमा पुगेर थप हताहती भएको छ कि छैन भनेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गराएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। मन्त्रीले जिल्ला प्रशासनलाई उद्धार कार्यमा जुट्न र घाइतेलाई सहयोग गर्न निर्देशन दिएका छन् ।