सुनको मूल्य तोलामा १ लाख २ हजारमा कारोबार

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजारमा कारोबार भएको छ । पहेँलो धातु हिजो तोलामा १ लाख एक हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० मा कारोबार भएको बताएको छ । हिजो तोला १ लाख १ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर १ हजार ४१५ कायम रहेको महासङ्घले जानकारी गराएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी गराएको छ ।