तामाकोसीमा करेन्ट लागेर एक युवाको मृत्यु, आफन्तले बुझे शव

काठमाडौँ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका ५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव आज आफन्तले बुझेका छन् ।

बिहीबार दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी महोत्तरी जिल्ला डाँडागाउँ गाउँपालिका २ का २० वर्षीय असल्ल अन्सारीको करेन्ट लागेर मृत्यु भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको लापरवाहीका कारण प्राधिकरण मै कार्यरत कर्मचारीको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । निजको पशुपति चौँलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।