जिप दुर्घटना ७ को मृत्यु, ६ घाइते

काठमाडौँ । स्याङ्जामा जिप दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १२ डाँडाखर्कमा दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । आइतबार बिहान साढे १० बजे जिप दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ ।

दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै प्राथमिक उपचार पछि पोखरा रिफर गर्ने तयारी भएको प्रहरीले जानकारी दिएका छन् । जिप दुर्घटनाको थप विवरण आउन बाँकी छ ।