अवैध लागूऔषध सहित दुईजना पक्राउ

काठमाडौँ । झापाको मेचिनगर नगरपालिका ६ मेचिखोलाको पुरानो पुलबाट दुईजनालाई प्रहरीले पक्रउ गरेको छ । करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित उनीहरुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक नगरपालिका २ बस्ने २६ वर्षीय अमृत राई र सोही ठाउँ बस्ने ईलाम चुलाचुली घर भएका २२ वर्षीय सन्तोष ढकाल रहेका छन् । मे ५ प ५६५ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार अमृत र स्कुटर चालक सन्तोषलाई पक्राउ गरेको बताएको छ ।