विद्युतीय भुक्तानी प्रक्रियामा समस्या , पर्यटकहरुलाई नगद नै बोकेर आउन अध्यागमनको आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन आग्रह गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या हुने भएकाले अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउनुपर्ने सार्वजनिक सूचना जारी गरेको थियो ।

पर्यटकहरुले विमानस्थलमा अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिनुृपर्ने हुन्छ । तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार मात्र लिएर आउँने गर्छन् । विमानस्थलको प्रणालीले काम नर्दा यस्तो भुक्तानीमा समस्या भइरहेको अध्यागन कार्यालयले जानकारी दिएको छ । सोही कारण पर्यटकलाई २०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा नगदमै बोक्न आग्रह गरेको छ ।

पछिल्लो समय कोरोना माहामारी कम हुदै जादा विदेशबाट आउने पर्यटक बढेको र विमानस्थलभित्र एउटा मात्रै एटीएम मेसिन रहेकाले पर्यटकहरुलाई भुक्तानीका लागि नाइन बस्नुपर्ने झन्झट भएको हुदा सोही कारण नगदनै बोकेर आउन भनिएको अध्यागमनले जानकारी गराएको छ ।