चुनावी आमसभालाई सम्बोधन गर्न हुम्ला पुगे : केपी ओली

काठमाडौँ । आगामी वैशाख ३० गतेदेखि हुने स्थानीय निवार्चनको विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुम्ला पुगेका छन् । हुम्लाको सिमकोट र अदानचुलीमा आयोजना गरिएका पार्टी प्रवेश र चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली हुम्ला पुगेका हुन् ।

हुम्ला पुगेका नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी सीता परियारले स्वागत गरेका छन् । ओलीले आज चीनको सिमावर्ती क्षेत्र लिली भ्याली अवलोकन, हल्जी गाउँमा स्थानीयबासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी गराएको छ ।

त्यसै गरी अध्यक्ष ओलीले लाप्चाबाट मानसरोवरको दृश्य अवलोकन गर्ने कार्यक्रम रहेको एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले जानकारी दिइएका छन् ।