राजनीतिक दलको चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाइने

काठमाडौँ । वैशाख ३० गतेदेखि हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएको छ । चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिएका छन् ।

स्थानीय निवार्चनमा सरकारी साधन प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारवाही हुने जानकारी गराएको छ । उक्त कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्रहको अटेरी भएको पाइएको छ । वैशाख ३० देखि हुने स्थानीय तहको निर्वाचनलाई लिएर गत चैत मसान्तसम्म इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको थियो । उक्त अवधिमा एक जनाले पनि हतियार नबुझाएको सूचना अधिकारी भारतीले बताएका छन् ।

जिल्लामा १२ बोर, एकनाले र दुईनाले बन्दुकसहित १ हजार इजाजतप्राप्त हातहतियार रहेकामा तीमध्ये २५१ हातहतियार द्वन्द्वकालमै प्रशासनमा जम्मा गरिएका थिए । निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन भनिएको उनको भनाइ रहेको छ ।

हातहतियार बुझाउन अटेरी गरेका छन् । हातहतियार नबुझाउनेलाई के गर्ने भन्नेबारे गृह मन्त्रालयको आदेश पर्खिराखेका सूचना अधिकारी भारतीले बताएका छन् । सोहीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँने र तोकिएको समयमा हातहतियार नबुझाएकाले खानतलासी गरेर कारबाही गरिने भाराचीले बताएका छन् ।

तोकिएको समयमा हातहतियार जम्मा नहुँदा निर्वाचनको शान्तिसुरक्षामा असर पार्ने आशङ्का गरिएको छ । सूचना जारी गरेर बुझाउन आग्रह गरेकामा नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुने प्रहरी नायब उपरीक्षक रमेश पालले बताएका छन् । ।