निलम्बित गभर्नर अधिकारी सर्वोच्च गुहार्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी निरन्तर काममा फर्किन सर्वोच्च अदालतमा पुगेका छन् । । अधिकारीले पुनर्बहालीको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत गई गभर्नर आफूमाथिको कारबाही बदर गर्दै काममा फर्किन मागसहित सर्वोच्च अदालत गएको बताएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले गर्भनर अधिकारीको रिट निवेदन पेस भएको बताएका छन् । रिट निवेदन पेश भएको छ। हामी अध्ययनकै क्रममा भएको प्रवक्ता पौडेलले बताएका छन् । आफू निकटका कानुन व्यवयासीहरुसँगको परामर्शपछि गभर्नर अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका हुन्।

गत २५ चैतमा सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। उनले आफूले भनेबमोजिम काम नगरेपछि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीमाथि छानविन गर्न समिति गठन गरेका थिए। गभर्नरविरुद्ध छानविन समिति गठन भएपछि उनी स्वतः निलम्बित हुने नेपाल राष्ट बैंक ऐनमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मालाई असहयोग गरेका कारण गभर्नर अधिकारीलाई हटाउनुपरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। गभर्नरलाई हटाउने निर्णयको सत्ता गठबन्धन दलकै अधिकांश नेताहरुले चर्को विरोध गर्दै आईरहेका छन् । गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णयसँग अर्थमन्त्री शर्माको चौतर्फी आलोचना भएको छ। अर्थमन्त्री शर्माले गभर्नरलाई हटाउनुपर्ने स्पष्ट कारण भने दिन सकेका छैनन्।