रञ्चुलाको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी

काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिका ७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा ७ जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिइएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका ७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउदविरुद्ध जाहेरी परेको बताएका छन् । स्थानीय कुवेरसिंह साउद, गौरी साउद, कमला साउद, जानकी घडाल र चक्र साउदविरुद्ध ज्यान मार्ने उद्योगअन्र्तगत उजुरी परेको छ । जाहेरी दर्ता भएसँगै घटनाको प्रहरीले अनुसन्धानको कार्य अगाडी बढाएको छ ।

मृतकको शव महाकाली अस्पतालमा राखिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् । घटनाको सत्यतथ्य जाँच गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरुको माग रहेको छ । चैत २८ गते टाउको दुख्ने समस्या देखिएपछि रञ्चुला छिमेकी कमलाको घरमा पुगेकी थिइन । त्यहाँ झारफुक गर्ने धर्मानन्द र नारायणदत्तले रञ्चुलालाई थारुको भूत लागेको बताएका थिए ।

दिनभर मन्त्र जप्नुपर्ने भन्दै त्यही राखेका र वैशाख १ गते भूत धपाउने भन्दै कुटपिट गर्दा रञ्जुलाको मृत्यु भएको आफन्ताको आरोप छ ।