पाँचथरमा घरको शिलान्यास गर्दा एक जनाको मृत्यु

काठमाडौँ । पाँचथरको सदरमुकाम फिदिममा घरको शिलान्यास गर्दा पुरिएर एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नं १ बजारमा घरको शिलान्यास गर्ने क्रममा माथिपटीको सेप्टी ट्याङ्कीसहितको पहिरोले पुरिएर गोपाल ढुङगानाको मृत्यु भएको छ ।

सोमबार बिहान ८ बजे स्थानीय मदन पंथाकले घडेरी खारेर घर बनाउने क्रममा पूजा गर्दै गर्दा पहिरो झरेर छिमेकी ६८ वर्षीय गोपाल ढुङगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी गराएको छ ।

छिमेकी लेखनाथ खतिवडाको घरको सेप्टी ट्याङ्की खसेर घर शिलान्यास र पूजा गर्दै गरेका ढुङ्गानालाई पुरै पुरेपछि स्थानीय, प्रहरी नेपाली सेनाले उद्धार गरेको छ । बिहान ९ं बजे खाल्डोबाट स्काभेटरले निकालेको थियो भने शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ । पहिरोले २ जनासमेत सामान्य घाइते भएको स्थानीयले बताएका छन् । छन्

उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको बताएका छन् । छिमेकीको घर च्यापेर चर खन्दा सो घटना भएको स्थानीयको भनाइ रहेको छ ।