सुन तोलामा ४०० ले घट्यो

काठमाडौँ । सुनको मूल्य तोलामा ४०० सयले घटेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य ४०० ले घटेर १ लाख २ हजार १०० मा कारोबार भएको छ । हिजोको तुलनामा छापावला सुन प्रतितोला १ लाख २ हजार ५०० मा कारोबार भएको थियो ।

आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० मा तोकिएको जानकारी छ ।

आज चाँदी मूल्यभने स्थिर रही प्रतितोला १ हजार ४२० कायम रहेको महासङ्घले जानकारी गराएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ९७४ डलरको आसपास कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।